एनआरटीविरुद्ध थ्री स्टारको कठीन जित

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले कठीन जित हात पारको छ । लिगको १२औं चरणअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम (एनआरटी)माथि १–०ले हराउँदै थ्री स्टारले ‘टप सिक्स’मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

१२ खेलमा थ्री स्टारको २३ अंक भएको छ र अहिले उ चौथो स्थानमा छ । एनआरटी १५ अंकका साथ आठौं स्थानमा छ । अन्तिम खेलमा च्यासल युथ क्लबसँग पराजित भएपनि थ्री स्टार टप सिक्सबाट बाहिरिने छैन ।

यता लिग टप सिक्समा सकाउने एनआरटीको योजनामा भने यो हारले धक्का लागेको छ । अन्तिम खेलमा हिमालयन शेर्पालाई हराए पनि उसको टप सिक्स सुरक्षित हुनछैन । एनआरटी टप सिक्समै रहनका लागि शेर्पालाई हराउनु पर्ने छ र संकटा र नेपाल पुलिस क्लबको हारको कामना गर्नुपर्ने छ ।

एनआरटीविरुद्ध थ्री स्टारलाई जित दिलाउन दीपेश घलले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औं मिनेटमा गोल गर्दै दीपेशले टिमलाई अग्रता दिलाएका थिए । त्यसपति खेलमा कुनै गोल नहुँदा सोही गोल निर्णायक भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.