सबै खेल

सबै खेल, खेलबारे सबै! Every game, everything about the game.

सिल्भा उत्कृष्ट खेलाडी, रोनाल्डो ‘टप स्कोरर’

युरोपियन फुटबल एसोसिएशनले पहिलो पटक आयोजना गरेको युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति भएको फाइलनमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो । पोर्चुगललाई च्याम्पियन बनाउने उत्कृष्ट प्रदर्शन गरेका बर्नार्डो सिल्भा नेसन्स लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिगको फाइलनका २ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान्चेस्टर सिटीका बर्नार्डो…

वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिकाले ब्याटिङ गर्दै

इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्करणको विश्वकपअन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचको खेलमा वेस्टइन्डिजले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्ने भएको छ । साउटह्याम्टनमा हुने खेलमा दुवै टिमले २–२ परिवर्तन गरेका छन् । पहिलो जितको खोजिमा रहेको दक्षिण अफ्रिकाले जेपी डुमिनी र तिब्रज शाम्सीको स्थानमा एइडेन मारक्रम र बेउरन हेड्रिक्सलाई टिममा राखेको…

रोनाल्डो प्रेरित पोर्चुगल नेसन्स लिग च्याम्पियन

युइएफए नेसन्स लिगको फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पोर्चुगलले घरेलु भुमीमा आयोजित प्रतियोगिताको पहिलो संस्करणको उपाधी जितेको छ । यो रोनाल्डोको दोस्रो अन्तर्राष्ट्रिय उपाधी हो । स्विजरल्यान्डविरुद्धको सेमिफाइनलमा ह्याट्रीक गर्दै स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई फाइनल पुर्‍याएका थिए । फाइनलमा गोल गर्ने धेरै अवसरमा चुकेपनी रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेका थिए । सुरुदेखि नै आक्रामक देखिएको पोर्चुगलले…

अस्ट्रेलियाविरुद्ध भारतको सानदार जित

विश्वपक क्रिकेटको पावर हाउस अस्ट्रेलियाविरुद्ध भारतले सानदार जित हात पारेको छ । १२औं संस्करणको एकदिवसीय विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा भारतले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ । इंग्ल्यान्ड र वेल्समा जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित हो । यसअघि भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको थियो ।…

इटाली, जर्मनी र बेल्जियम विजयी, फ्रान्स टर्कीसँग पराजित

युरोकप छनोटअतर्गत शनिबार राति भएका खेलमा जर्मनी, बेल्जियम र इटाली विजयी भएका छन् भने विश्वविजेता फ्रान्स भने अप्रत्यसित रुपमा पराजित भएको छ । शनिबार राति भएको खेलमा जर्मनीले बेलारुस, बेल्जियमले काजकिस्तान र इटालीले ग्रिसमाथि जित निकाल्दा विश्वविजेता फ्रान्स भने टर्कीसँग अप्रत्याशित रुपमा पराजित भयो । टर्कीमा भएको खेलमा फ्रान्स घरेलु टोलीसँग २–० ले पराजित हुन…

दुई महारथीबीचको प्रतिष्ठित भिडन्त

एकदिवसीय विश्वकप क्रिकेटको १२औं संस्करण अहिले इंग्ल्यान्ड र वेल्समा जारी छ । विश्वकपअन्तर्गत आइतबार विश्व क्रिकेटका दुई महारथी देश अस्ट्रेलिया र भारत भिड्दै छन् । विश्वकप क्रिकेटका सबैभन्दा ठूला दाबेदार दुई देश अस्ट्रेलिया र भारतबीचको खेल लन्डनमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुने छ । दुई महारथीबीचको यो प्रतिष्ठित भिडन्तलाई धेरैले रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने…

रियलले हजार्डलाई ऐतिहासिक जर्सी नम्बर दिने खुलासा !

भर्खरै इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा रियल मड्रीड गएका इडेन हजार्डले आफ्नो १० नम्बरको जर्सी छाड्ने भएका छन् । हजार्डले चेल्सी र बेल्जियम दुवै टिमबाट १० नम्बरको जर्सी लाएर खेल्ने गरेका थिए । तर, अर्को सिजन स्पेनिस जाइन्ट रियल मड्रीडको जर्सीमा मैदाम ओर्लिँदा हजार्ड आफ्नो १० नम्बरको जर्सीमा होइन, मड्रीडको लेजेन्डरी जर्सी नम्बर ७…

पाकिस्तान र श्रीलंकाले अंक बाँडे

इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ । विस्टेलमा भारी वर्षा भएपछि खेल रद्द भएको हो । वर्षाका कारण खेल हुन नसकेपछि दुवैले १–१ अंक बाँडेका छन् । योसँगै ३ खेलमा ३ अंक जोड्दै श्रीलंका तेस्रो स्थानमा उक्लिएको छ भने ३ अंक नै जोडेको पाकिस्तान…

फ्रेन्च ओपन : फेडेररलाई हराउँदै नाडाल फाइनलमा

रोजर फेडेररलाई पराजित गर्दे डिफेन्डङ च्याम्पियन राफेल नाडाल फ्रेन्च ओपन टेनिसको फाइलन प्रवेश गरेका छन् । १२ औं पटक फाइनल यात्रा तय गरेका नाडाल अहिलेसम्म फाइलनमा पराजित भएका छैनन् । दोस्रो वरियता प्राप्त नाडालले फेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । नाडालको यो २६ औं ग्रान्डसलाम फाइनल हो । अब नाडालले…

अझै सुरु भएन पाकिस्तान र श्रीलंकाबीचको खेल

इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेल अझै सुरु हुन सकेको छैन । ब्रिस्टलमा निरन्तर वर्षा भएपछि शुक्रबार ३ः१५ बजे सुरु हुने भनिएको खेल अझै सुरु हुन नसकेको हो । यसैबीच ब्रिस्टलमा वर्षा रोकिएको छ । पाकिस्तान र श्रीलंकाबीचको खेल ३० मिनेटपछि सुरु हुने बताइएको छ । वर्षा…