लिभरपुलले लिग कपको फानलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फुलहमलाई १–१ मा रोक्दै समग्रमा ३–२ जितसहित लिभरपुल फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलको पहिलो लेगमा लिभरपुल २–१को विजयी भएको थियो। अब लिभरपुलले उपाधिका चेल्सीसँग खेल्नेछ। फाइलन अब फेब्रवरी २५ मा वेम्बलीमा हुनेछ।

कार्भन कटेजमा भएको खेलमा लिभरपुलले लुइस डियाजको गोलले ११औं मिनेटमा अग्रता लिएको थियो। दोस्रो हाफमा इसा डिपले फुलहमका लागि एक गोल फर्काए । लिभरपुल लिग कपको फाइनल पुगेको यो कीर्तिमान १४ औं पल्ट हो।

Back To Top