थ्री स्टारमाथि एपिएफको सहज जित

Read Time:1 Minute

सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपिएफ क्लब विजयी भएको छ। लिगको दोस्रो दिन दशरथ रगंशालामा भएको खेलमा एपिएफले ललितपुरे क्लब थ्री स्टारमाथि २–०को सहज जित निकाल्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा एपिएफलाई जित दिलाउन मणिकुमार लामा र अर्मान्ड बिडोमले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

७२औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । मणिको फ्रिकिक बल थ्री स्टारका गोलकिपर अरुण ब्लोनले समात्न खोज्दा पोस्टको जाली चुमेको थियो ।

त्यसपछि खेलको ८६औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ।

Happy
Happy
60 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
20 %
Previous post मैत्रीपूर्ण खेलका लागि ब्राजिलियन टिम घोषणा, युवा खेलाडीलाई मौका
Next post अग्रता जाेगाउन नसक्दा हिमालयन शेर्पासँग रोकियो मनाङ
Close