
आर्मी र संकटाले खेले बराबरी
त्रिभुवन आर्मी क्लब र संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा बराबरी खेलेका छन्। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहितब बराबरी खेल्दै अंक बाँडेका हुन्।
सुनिल बल, आयुष घलान, मनिष डाँगीलगायत खेलाडी भित्र्याउँदै उपाधि जित्ने लक्ष्य बनाएको संकटा र सदाबहार दाबेर आर्मीले खेलमा गोलका अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
शुक्रबारबाट सुरु भएको लिगको यो पहिलो गोलरहित बराबरी हो।