
न्युकासलमाथि म्यान्चेस्टर सिटीको जित, वुल्भ्ससँग हार्यो टोटनहम
इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडमाथि २–०को जित निकाल्यो ।
इत्तेहाद स्टेडियममा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा र फिल फोडेनले गोल गरे। खेलको दुवै हाफमा गोल भएको थियो।
१५औं मिनेटमा फिल फोडेनले सोलो गोल गर्दैै सिटीलाई सुरुआती अग्रता दिलाए । उनले डिबक्सको केही पर बायाँ भागबाट बल अगाडि बढाउँदै ५–६ जनालाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए।
सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बर्नाडो सिल्भाले ६७औं मिनेटमा गोल गरेपछि सिटीले खेलमा २–०को अग्रता लियो। उनले अर्लिङ हालान्डको पासमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।
यस्तै अर्को खेलमा टोटनहमको पराजित भएको छ। शनिबार राति भएको खेलका टोटनहम रेलिगेसन दबामा रहेको वुल्भ्ससँग १–०ले पराजित भएको हो । वुल्भ्सको जितमा एडमा टाओरेले गोल गरे।
जितपछि म्यानचेष्टर सिटी २६ खेलबाट ५८ अंकका साथ दोस्रो स्थानमा छ। न्यूक्यासल भने २४ खेलबाट ४१ अंकका साथ पाँचौं स्थानमा छ। पराजित भएको टोटनहम ४५ अंकसहित चौथो स्थानमा हरँदा वुल्भ्स २७ अंकसहित १३औं स्थानमा छ।