
मेसुकेको गोलमा ए डिभिजन लिगमा खुमटारको जित
विदेशी खेलाडी मेसुके ओलोमोउको निर्णायक गोल मद्दतमा सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी क्लब एफसी खुमलटार विजयी भएको छ। पहिलो सिजन नै च्याम्पियन बन्ने लक्ष्य बनाएको खुलमटारले उद्घाटन खेलमा फ्रेन्ड्स क्लबमाथि १–०को जित निकाल्यो।
प्रतिस्पर्धात्मक बनेको खेलमा बराबरीतर्फ उन्मूख थियो । तर, खेल सकिने १ मिनेट बाँकी छँदा ओलोमोउले गोल गर्दै खुलमटारलाई लिगको पहिलो जित दिलाए।
त्यसबाहेक खेलमा दुवै टिमले गोलका केही राम्रा अवसर बनाउका थिए। तर, त्यसलाईमा गोलमा परिणत गर्न सकेनन्। पहिलो खेल जितेसँगै खुमलटारले म्यचमनी मार्फत ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिता शनिबार तीन खेल हुनेछ। पहिलो खेलमा नेपाल पुलिस क्लबले अर्को नवप्रवेशी क्लब चर्च बोइजको सामाना गर्ने छ भने अर्को खेलमा एपिएफ क्लब र थ्री स्टार बीचको खेल पनि हुने छ। साझँ हुने खेलमा मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पाको सामना गर्ने छ।

