रोमाका मिडफिल्डर जानिओलो टर्किस क्बलमा

Read Time:1 Minute

इटालियन मिडफिल्डर निकोलो जानिओलो टर्किस क्लबमा आबद्ध भएका छन्। २३ वर्षीय मिडफिल्डर जानिओलो रोमाबाट टर्किस क्लब गालातासारेमा आबद्ध भएका हुन्।

फुटबल ट्रान्सफर मार्टेकका जानकार तथा इटालिनय खेल पत्रकार फाब्रिसियो रोमानोका अनुसार गालातासारेले जानिओलोका लागि २० मिलियन युरो खिर्चएएको छ। जानिओलोले गालातासारेसँग ४ वर्षको सम्झौता गरेको उनले उल्लेख गरेका छन्।

सन् २०१८मा इन्टर मिलानबाट रोमा आएका जानिओलोले रोमामा १२८ खेलमा २४ गोल गरेका छन्। उनले रोमाबाट अघिल्लो सिजन युईएफए कन्फ्रेन्स लिग जितेका थिए।

सन् २०१७मा भिर्टुस एन्टेलाबाट इन्टर आएका उनले इन्टरमा एक सिजन बिताए पनि कुनै खेल खेल्न पाएन्। इन्टरबाट रोमा पुगेकै सिजन उनी सिरिएका उत्कृष्ट युवा खेलाडी बनेका थिए।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
50 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एपिएफलाई हराउँदै न्यु डायमन्डले जित्यो राष्ट्रिय महिला भलिबल उपाधि
Next post राष्ट्रिय महिला भलिबल : प्रतिभा माली सर्वोत्कृष्ट, व्यक्तिगत विधामा न्यु डायमन्डकै दबदबा
Close