
प्रकाश बुढाथोकीले नवीकरण गरे फ्रेन्ड्ससँगको सम्झौता
Read Time:1 Minute
स्ट्राइकर प्रकाश बुढाथोकीले फ्रेन्ड्स क्लबबाटै ए डिभिजन लिग खेल्ने भएका छन्। २९ वर्षीय प्रकाशले फ्रेन्ड्ससँगको सम्झौता नवीकरण गरेका हुन् ।
फ्रेन्ड्स आफ्ना कप्तान प्रकाशसँग नयाँ सिजनका लागि सम्झौता नवीकरण गरेको सामाजिक सञ्जालबाट जनाएको छ। अघिल्लो सिजन प्रकाशले चोटका कारण पहिलो खेल मात्रै खेलेका थिए।
प्रकाशले सन् २०११ देखि १३ सम्म फ्रेन्ड्सबाट लिग खेलेका थिए। जसमा उनले १५ खेलमा ५ गोल गरेका थिए। यस्तै, उनले २०१३ देखि २०१८सम्म थ्री स्टारबाट खेल्दा २६ खेलमा ११ गोल गरेका थिए।
प्रकाशले नेरोका एफसीबाट भारतको आई लिग पनि खेलेका छन् ।
नयाँ सिजनको ु डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । डबल राउण्ड रोबिनका आधारमा हुने लिगमा फ्रेन्ड्सले खुमलटारसँग खेल्दै लिगको सुरुआत गर्नेछ।