
रियलले गेटाफेलाई हरायो, मालोर्कासँग हार्यो एट्लेटिको
स्पेसिन ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा रियलले गेटाफेमाथि २–०को जित निकाल्यो।
रियललाई जित दिलाउन कासेमिरो र लुकास भास्क्वेजले गोल गरे। रियलले दुवै हाफमा समान १ गोल गरेको थियो।
३८औं मिनेटमा कासेमिरोको गोलमा रियलले सुरुआती अग्ता लियो । उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए । ६८औं भास्क्वेजले रोड्रिगोको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसपछ िगोल नहुँदा रियल २–०ले विजयी भयो ।
यता, एटेलेटिको मड्रिड भने पराजित भयो । शनिबार राति नै भएको खेलमा एट्लेटिको रियल मार्लोकासँग १–०ले पराजित भयो। ६८औं मिनेटमा भेदात मुरिकले पेनाल्टीमा गोल गर्दै मार्लोकालाई घरेलु मैदानमा जित दिलाए।
जितपछि रियलले शीर्ष स्थान मा १२ अंकको अग्रता बनाएको छ। उसको ३१ खेलबाट ७२ अंक छ भने समान खेलबाट सेभिया ६० अंकका साथ दोस्रो स्थानमा छ । एट्लेटिको ७५ अंकका साथ चौथो स्थानमा छ।