अफ्रिदी भन्छन्– पाकिस्तान पुगेर नेपाली टिमलाई खेलका आमन्त्रण गर्छु

एभरेस्ट प्रिमियर लिगको चौथो संस्करण खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान साहिद अफ्रिदीले नेपाली टिमलाई पाकिस्तानमा क्रिकेट खेलाड पहल गर्ने बताएका छन् । नेपाली मिडियालाई अन्तर्वार्ता दिँदै अफ्रिदीले पाकिस्तान पुगेर नेपाली क्रिकेट टिमलाई पाकिस्तानमा क्रिकेट खेल्न आमन्त्रण गर्ने बताए।

अफ्रिदीले अफ्रिदीले क्रिकेटकै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्ध अझ बलियो बनाउन सकिने बताए । इपिएलका लागि तीन दिने नेपाल भ्रमणमा आएका अफ्रिदीले े भने, ‘यहाँ जति मानिसहरुसँग भेट भयो, ती सबै अविष्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु ।’

पाकिस्तान पुगेर नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्ने बताउँदै अफ्रिदीले त्यसका लागि नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्ने बताए।

नेपाल बसाइका क्रममा नेपालीहरुमा क्रिकेटप्रतिको लगाव निकै पाएको उनले बताए । उनले भने, ‘क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु ।’ उनले नेपाली खेल अधिकारीहरूलाई पाकिस्तान भ्रमणको निम्तो दिएको पनि बताए । उनले पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्ने पनि बताए।

कुराकानीक क्रममा अफ्रिदीले नेपाली क्रिकेटको विकासका लागि ग्रास रुटदेखि ध्यान दिनुपर्ने बताए । उनले सरकारले सहयोग गरे क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव भएको र त्यसले खेलाडीहरुलाई सुविधा प्राप्त हुने बताए । उनले क्रिकेटप्रति नेपाल सरकार सकारात्मक भएको र त्यो राम्रो पक्ष भएको बताए।

एभरेस्ट प्रिमियर लिगमा अफ्रिदी काठमाडौं किंग्स इलाभेनमा आबद्ध छन्। उनले शनिबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सविरुद्ध बलिङ गरेका थिए। तर, उनले विकेट लिन भने सकेनन्।

Facebook Comments Box