इपिएलमा ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्ने

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन्। नियमित कप्तान ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने घोषणा गरेपछि ललितपुरलेले ओपरन कुशललाई कप्तानीको जिम्मेवारी दिएको हो।

आजै ज्ञानेन्द्रले पारिवारिक कारण देखाउँदै इपिएल नखेल्ने बताएका थिए। ज्ञानेन्द्रकै कप्तानीमा अघिल्लो सिजन ललितपुरले इपिएल उपाधि जितेको थियो।

इपिएलका लागि ललितपुरले अफगानिस्तानका अज्मतुल्लाह ओमर्जाइ, श्रीलकंकाक ओसादा फर्नान्डो र सन्दुन विराकोडी तथा भुटानका मिक्यो दोर्जीलाई विदेशी खेलाडीका रुपमा अनुबन्धन गरेको छ । ललिपुरमा पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रसिद खान, ललितनारायण राजवंशीलगायत नेपाली खेलाडी छन्।

असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानम हुने इपिएलको उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनको सामाना गर्ने छ।

Facebook Comments Box