इपिएल हिमालय टेलिभिजनमा हेर्न सकिने

चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)को प्रत्यक्ष प्रशारण हिलमाय टेलिभिनले दिने भएको छ। प्रतियोगिता प्रत्यक्ष प्रशारणका लागि शुक्रबार इपिएल र हिमालय टेलिभिनजबीच सम्झौता भएको छ।

शुक्रबार आयोजित एक कार्यक्रम बीच प्रत्यक्ष प्रशारण सम्बन्धी सम्झौता पत्रमा इपिएलको मुख्य मार्केटिङ कम्पनी एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका निर्देशक श्याम कँडेलले हस्ताक्षर गरे।

यस्तै, इपिएलमा युट्युबमा पनि प्रत्यक्ष प्रशारण हुने छ। युट्युमा प्रत्यक्ष प्रशारणको जिम्मा ओएसआर स्पोर्ट्सले पाएको छ।

प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुनेछ। आईसिसी र क्यानबाट मान्यता पाइसकेको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिम सहगभागी हुनेछन्। जसमा ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिटयर्स, काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स छन्।

Facebook Comments Box