क्यानले स्वीकृत गर्‍यो चन्द र श्रेष्ठ राजीनामा, प्रशान्तविक्रमलाई कार्यबाहक सचिवको जिम्मेवारी

नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजीनामा स्वीकृत गरेको छ। बुधबार र बिहीबार बसेको क्यानको केन्द्रिय समिति बैठकले श्रेष्ठ र प्याकुरेलको राजीनामा स्वीकृत गरेको हो।

श्रेष्ठ र चन्दले असोज १३ गते पत्रकार सम्मेनल गर्दै पदबाट राजीनामा दिएका थिए । क्यानले राजीनामा स्वीकृत गर्दै श्रेष्ठ र चन्दलाई धन्यवाद दिएको छ ।

यसैगरी क्यान केन्द्रिय समियत बैठकले प्रशान्तविक्रम मल्ललाई कार्यबाहक सचिवको जिम्म्वारी दिएको छ। बैठकले रिक्त सचिव पदमा केन्द्रीय सदस्य मल्ललाई कार्यबाहक सचिवको जिम्मेवारी दिएको हो।

यस्तै, क्यानले आगामी वार्षिक साधारणसभा डिसेम्बरको १५ गरिने भएको छ। यस्तै, बैठकले कर्णालीको कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिम जिल्ला क्रिकेट संघलाई मान्यता दिएको छ ।

Facebook Comments Box