क्लेयर कोन्नर बनिन् एमसिसीको पहिलो महिला अध्यक्ष

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)मा पहिलो पटक अध्यक्षमा महिल नियुक्त भएकी छिन् । २ सय ३३ वर्ष पुरानो एमसिसीको इतिहासमा पहिलो पटक महिला अध्यक्ष बन्ने सौभाग्य क्लेयर कन्नरले प्राप्त गरिन् ।

इंग्लिस महिला क्रिकेट टिमकी पूर्व कप्तान तथा प्रशिक्षक कोन्नर बुधबार एमसिसीको अध्यक्षमा नियुक्त भएकी हुन् । उनले सन् २०२१ अक्टोबरबाट कार्यभार सम्हाल्ने छिन् ।

बुधबार भएको अनलाइनमार्फत भएको पहिलो वार्षिक साधारणसभाले कोन्नरलाई अध्यक्षमा नियुक्त गरेको छ । अहिले श्रीलंकका महान क्रिकेटर कुमारा सांगाकार एमसिसीको अध्यक्ष छन् । उनी इंग्ल्यान्ड बाहिरबाट एमसिसी अध्यक्ष बन्ने पहिलो व्यक्ति हुन् । अध्यक्षका रुपमा उनले दोस्रो कार्यकाल चलाइरहेका छन् ।

कोन्नरले आफूलाई विश्वकै पुरानो क्रिकेक क्लबको अध्यक्षका रुपमा चयन गरेकोमा सबैलाई धन्यवाद दिएकी छिन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डकी महिला निर्देशक समेत रहेकी कोन्नरले भनेकी छिन्, ‘क्रिकेटले नै मेरो जीवनको अहिलेको उचाइ दिएको छ, अहिले त्योभन्दा सुनौलो अवसर पाएको छु । हामी कति अगाडी आइसकेका छौं भन्ने हेर्न विगतलाई फर्केर हेर्नुपर्छ । मैले लड्र्स मैदान ९ वर्षको उमेरमा टेकेको थिएँ । अहिले त्यसैको नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएको छ, एकदमै खुसी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *