खेलाडीमा कोरोनाको लक्षण देखिएपछि प्रदेश १ र पुलिसबीचको खेल स्थगित

खेही खेलाडीमा कोरोना भइरसको लक्षण देखिएपछि प्रधानमन्त्री कप टि–२० प्रतियोगिताअन्तर्गत शनिबार हुने भनिएको नेपाल पुलिस क्बल र प्रदेश १ बीचको खेल स्थगित गरिएको छ। केही खेलाडीमा कोरोना संक्रमणको आशंकापछि खेल स्थगित गरिएको हो।

खेल शनिबार बिहान टियु मैदानमा बिहान ९ बजेदेखि हुने तय थियो। तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको क्यानले जनाएको छ।

प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको लक्षण देखिएको र उनीहरुक्र आग्रहमा खेल स्थगित गरिएको क्यानले जनाएको छ। प्रदेश १ का सबै खेलाडीको पीसीआर परीक्षण गर्न लागिएको छ, त्यसको नजिता आएपछि मात्र खेल के हुने भन्ने विषयमा निर्णय हुने क्यानले जनाएको छ।

जारी प्रतियोगितामा पुलिस ३ खेलमा अपराजित रहँदै समूह ‘ए’को विजेता रुपमा सेमिफाइनलमा पुगिसकेको छ।यता, प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ।

Facebook Comments Box