तमिम इक्वाल बने बंगलादेशको कप्तान

बंगलादेश क्रिकेट बार्डले ओपनर तमिम इक्वाललाई एकदिवसीय टिमको कप्तानमा नियुक्त गरेको छ । सर्वाधिक सफल कप्तान मसरफे मोर्ताजाले कप्तानी छाडेपछि बोर्डले सोमबार इक्वाललाई कप्तानीको जिम्मा दिएको हो । तमिम बंगलादेश क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान हुन्।

मोर्तजाले सन् २०१० देखि एकदिवसीय क्रिकेटमा बंगलादेशी टिमको कप्तानी गरिरहेका थिए । उनको कप्तानीमा बंगलादेशले ५० खेल जितेको थियो । जिम्बावेसँगको तीन खेलको एकदिवसीय सिरिजपछि मवर्ताजाले कप्तान छाडेका हुन्।

३० वर्षीय तमिम वर्तमान बंगलादेशी टिमका अनुभवी खेलाडी मध्ये एक हुन् । उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनी टी२० र एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् भने टेष्टमा दोस्रो स्थानमा छन् ।

एकदिवसीयमा तमिमले २०७ खेल खेल्दै ७ हजार २०२ रन बनाएका छन् । यस्तै १३ शतक प्रहार गरेका छन् । २०१९ मा मोर्ताजा घाइते हुँदा तमिमले श्रींलका विरुद्ध कप्तानी गरेका थिए । तमिमले टी(२० मा एक शतकसहित १ हजार ७१७ रन बनाएका छन् भने टेष्टमा ९ शतकसहित ४ हजार ४०५ रन बनाएका छन्।

कप्तान चयन भएपछि तमिमले आफ्नो लागि यो ठूलो सम्मान भएको बताएका छन् । उनले बोर्डले आफूलाई विश्वास गरेर दायित्व दिएको भन्दै मोर्ताजाले छाडेको ठाउँ पूरा गर्नुपर्ने बारे सजग रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP