पारिवारिक कारणले नेपाली टिम छाडेका वाट्मोर किन बने बरोडाको मुख्य प्रशिक्षक?

खुला प्रतिस्पर्धाबाट नेपाली राष्ट्रिय टिमको प्रशिक्षक बनेका श्रीलंकन प्रशिक्षक डेभ वाटमोरले १ वर्ष नपुग्नै एक साताअघि मात्र नेपाली टिम छाडे । आईसिसी विश्वकप लिग–२अन्तर्गतको सिरिज खेल्न नेपाली टिमसँगै आमान पुगेलगत्तै वाट्मोरले ओमान भ्रमणपछि नेपाली टिम छाड्ने घोषणा गरे, राजीनामा पत्र क्यानलाई बुझाए।

श्रीलंकाकालाई विश्वकप जिताका प्रशिक्षक वाट्मोरले परिवारलाई पर्याप्त समय दिन नपाएको भन्दै नेपाली टिम छाड्न चाहेको बताएका थिए। तर, नेपाली टिम छाड्को एक साता नबित्दै वाट्मोर भारतको बरोडा जिल्ला क्रिकेट एसोसिसनको मुख्य प्रशिक्षक बनेका छन्।

वाट्मोरो मोटो रकममा बरोडाको मुख्य प्रशिक्षक तथा निर्देशक बनेको बताइएको छ। भारतीय मिडियाहरुका अनुसार अनुभवी प्रशिक्षक वाटमोरलाई मासिक १ करोड भारतीय रुपैया तबल दिने छ। उनी बरोडा पुगिसकेको बताइएको छ। ६७ वर्षीय व्हाटमोरले आगामी घरेलु सिजनबाट टिम सम्हाल्नेछन्।

यसअघि पनि वाट्मोरले भारतीय क्लबको प्रशिक्षकका रुपमा काम गरिसकेका छन् । उनले रणजी ट्रफीमा केरला र आईपिएलमा कोकलाता नाइट राइडर्सको प्रशिक्षकका रुपमा काम गरिसकेका छन् भने उनले भारतको यू–१९ टिम पनि सम्हालेका छन्।

यसअघि उनी गत पुसमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए। खुला प्रतिस्पर्धाबाट उनी नेपलाी टिमको प्रशिक्षक बनेका थिए।

६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो। श्रंकाकासँगै बंगलादेश, पाकिस्तान, जिम्बाबे, सिंगापुरको प्रशिक्षकका रुपमा पनि वाटमोरले काम गरेका छन्।

Facebook Comments Box