पिएनजीविरुद्ध नेपालले सुरुमा बलिङ गर्ने

पपुवा न्यूगिनि (पिएनजी)विरुद्ध नेपालले सुरुमा बलिङ गर्ने भएको छ। टस जित्दै पिएनजीले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

दुई खेलको एकदिवसीय सिरिजअन्गर्तत नेपालले पिएनजीविरुद्धको पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल शुक्रबार हुनेछ।

नेपाल र पिएनजीबीच यसअघि ४ पटक ५० ओभरको खेल भएको छ। जसमध्ये एकमा मात्र नेपालले जित हात पार्न सकेको थियो।

नेपाललले २०१८ मा भएको एकदिवसीय खेलमा पिएनजीलाई पराजित गरेको थियो। विश्वकप छनोटअन्तर्गत जिम्बाब्वेमा भएको सो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

Facebook Comments Box