प्रधानमन्त्री कप टि–२० फर्म्याटमा हुने

एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यो पटक टि–२० फर्म्याटमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यन)ले टि–२० विश्वकपको ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै प्रधानमन्त्री कपलाई टि–२० फर्म्याटमा आयोजना गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री कपलाई ग्लोबल क्लालिफायरका लागि खेलाडी छनोटका रुपमा पनि हेरिएको छ। सोही प्रतियोगिताको आधारमा ग्लोबल क्लालिफारका लागि खेलाडी छनोट गरिने क्यानले जनाएको छ।

यसैगरी क्यानले बिहीबार नै प्रधानमन्त्री कपको तालिका पनि सर्वाजनिक गरेको छ। कीर्तिपुरस्थित टियू र मुलपानी मैदानमा हुने खेल पुस २६ देखि माघ ५ गतेसम्म चल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले र कर्णाली प्रदेशको सामाना गर्नेछ । सोही दिन एपिएफले प्रदेश २को सामाना गर्नेछ।

१० टीम सहभागी प्रतियोगितामा ५–५ टीमको दुई समूह बनाइएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् । त्यस्तै समूह बीमा एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन्।

Facebook Comments Box