भैरहवाले भित्र्यायो मलेसियाका सर्भिन मुनियान्डी

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि भैरहवा ग्लाडियटर्सले मलेसियान खेलाडीलाई अनुबन्धन गरेको छ। गत सिजनको उपविजेता भैरहवाले बिहीबार मलेसियन अलराउन्डर सर्भिन मुनियान्डीलाई अनुबन्धन गरेको हो।

२५ वर्षीय अलराउन्डर मुनियान्डीले मलेसियाका लािग २८ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन्। त्यसमा उनले २५६ रन बनाउनुका साथै १९ विकेट पनि लिएका छन्।

मुनियान्डी भैरहवाले अनुबन्धन गरेका चौथो विदेशी खेलाडी हुन्। यसअघि भैरहवाले बंगलादेशका तमिम इक्वाल र श्रीलंक क्रिकेटरद्वय उपुल थरंगा र धमिका प्रसादलाई अनुबन्धन गरेको छ। यो पटकबाट इपिएलका प्रत्येक क्लबले प्लेइङ सेटमा अनिवार्य ३ विदेशी खेलाडी राख्नु पर्ने छ।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले मुख्य प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकलाई अनुबन्धन गरेको छ। भैरहवामा आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरालगायत नेपाली खेलाडी छन्।

असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित टियू मैदानमा प्रतियोगितामा भैरहवाकाले पहिलो खेल पोखरा राइनोजसँग खेल्ने छ। खेल असोज १० गते हुनेछ।

Facebook Comments Box