मुख्य प्रशिक्षक छान्न ५ सदस्यीय समिति

प्रशिक्षक बिहीन रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक छान्नका लागि नेपाल क्रिकट संघ (क्यान)ले समिति गठन गरेको छ। मंगलबार बसेको क्यानकोको बोर्ड बैठकले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको हो।

छनोट समितिमा मल्लासँगथै कोषाध्यक्ष रोशनकुमार सिंह, रौनकबहादुर मल्ल, विनोद दास र आइसीसीका एक प्रतिनिधि रहने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली पुरुष क्रिकेट टिम सेप्टेम्बरदेखि प्रशिक्षकबिहीन छ।

ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको श‍ृंखलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ।

क्यानले कात्तिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। जसमा ६० जनाले निवेदन दिएका छन्।

Facebook Comments Box