सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने मेयर बालेन शाहले बताएका छन्।
मैदानमै पुगेर नेपाल र भारतबीचको खेल हेरेपछि बालेन सामाजिक सञ्जालमार्फत स्टेडियम बनाउन पहल गर्ने बताएका हुन्। उनले लेखेका छन्, ‘सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं।’
नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला पुगेका बालेनले पाल्लेलेके र टियू मैदान उस्तै भएको बताउँदै त्यहाँ प्यारापिट, फ्लडलाइटसहित केही सुविधा भएको भन्दै उनले उल्लेख गरेका छन्। बालेनले पाल्लेकेलेजस्तै सुविधान भएको रंगशाला जग्जाबाहेक ८०–९० करोडमा बनाउन सकिने बताएका छन्।
मेयर बालेननले पाल्लेकेले जस्तै रंगशाला हुने हो भने ठूला खेलहरु हुने हो र खेल विकास हुनसक्छ बताए। ठूला खेलहरु भए त्यसबाट करोडौँ रकम आर्जन गर्न सकिने पनि उनले बताएका छन्। बालेन खेलाडी र तल्लो तहमामा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको स्मरण गराएका छन्।
क्रिकेट समर्थकको रुपमा खेल हेर्न श्रीलंका पुगेका उनले नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनका कर्मचारी नै आश्चर्यमा परेको बताएका छन्। नेपालसँगको खेल भारतले सजिलै जित्ने सोचेको र खेल अघि बढेसँगै भारतीय खेलाडी पूरै रक्षात्मक बनेको अनुभव गरेको बालेनले बताएका छन्।
भारतसँग नेपालको खेल हेर्दै गर्दाको अनुभव पनि उनले सेयर गरेका छन्। ‘टिभीमा देखिने बिराट, रोहितहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो। खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो,’ उनले भनेका छन्, ‘विश्वकै उत्कृष्ट खेलाडीहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो। ठिक त्यही बेला हामीले क्रिकेट जित्यौँ अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ।’