राहुलको कीर्तिमानी शतक, पञ्जावले बैंग्लोरलाई ९७ रनले हरायो

कप्तान केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि आईपिएलको १३औं संस्करणमा किंग्स इलाभेन पञ्जावले पहिलो जित हात पारेको छ । दुबईमा बिहीबार राति भएको खेलमा राहुलको शतक मद्दतमा पञ्जावले बैग्लोरमाथि ९७ रनको फराकिलो जित निकाल्यो ।

पञ्जावाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोर १७ ओभरमा अलआउट हुँदै १०९ रनमै समेटियो । उसका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाए भने एबी डि भिलियर्सले २८ र आरोन फिन्चले २० रन बनाए ।

कप्तान विराटन कोहीले १, देवदत्त पाडिकल १, जोश फिलिपे शुन्य रनमा सुरुवातमै आउट हुँदा बैंग्लोर दबाबमा आएको थियो । पञ्जावका रवि विस्नोइ र मुरुगन आश्विनले समान ३ विकेट लिए भने सेलडन कोट्रेलले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको पन्जाबले केएल राहुलको शानदार व्याटिङमा निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०६ रनको विशाल योगफल बनायो । उत्कृष्ट ब्याटिङ गरेका राहुलले ६९ बलमा नटआउट १३२ रनको इनिङ खेले । उनले १४ चौका र ७ छक्का प्रहार गरे ।

यो आईपिएलको कीर्तिमानी इनिङ हो । राहुल कप्तानका रुपमा आईपिएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यस्तै, आईपिएलमा सर्वाधिक रन बनाउने भारतीय खेलाडीको कीर्तिमान पनि राहुलले आफ्नो नामा लेखाएका छन् ।

पञ्जावका लागि मायंक अग्रवालले २६, निकोलस पुरनले १७ र करुण नायरले १५ रन बनाए । बैंग्लोरका शिवम दुवेले २ र युजभेन्द्र चहलले १ विकट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP