विश्वकप खेल्ने पाकिस्तानी टिममा फर्किए फखर, हैदर र सर्फराज

आसन्न टि–२० विश्वकपका लािग घोषणा गरिएको टिममा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले तीन परिवर्तन गरेको छ। विश्वकपका लागि यसअघि नै टिम घोषणा गरिएको १५ सदस्यीय टिममा पिसिबीले ३ खेलाडी परिवर्तन गरेको हो।

पिसिबीले आजम खान, मोहमद हस्नेन र खुस्दिल साहलाई उटाउँदै टिमबाट बाहिरिएका छन् ।फखर जमान, हैदर अली र सर्फराज अहमेदलाई विश्वकप टिममा समावेश गरेको छ।

युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टि–२० विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । पाकिस्तान सुपर १२ को समूह २ मा रहेको छ। पाकिस्तानले पहिलो खेलमै भारतको सामाना गर्ने छ।

Facebook Comments Box