टि–१० लिग नोभेम्बर १९ देखि ४ डिसेम्बरसम्म

नयाँ संरचनाको फ्रेन्चाज क्रिकेट लिग टि–१० लिग आगामी नोभेम्बरमा हुने भएको छ। टि–१० लिगको पाँचौँ संस्करण नोभेम्बर १९ देखि ४ डिसेम्बरसम्म अबुधाबीमा आयोजना हुनेछ ।

टेन स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्ने प्रतियोगिताको अघिल्लो संस्करण अघिल्लो जनवरीमा आयोजना भएको थियो ।

गत संस्करण तीन नेपाली खेलाडीले टि–१० खलेका थिए। सोमपाल कामीले मराठा अरबियन्सबाट खेलेका थिए भने करण केसी पुणे डेभिल्समा उपलब्ध थिए ।

यस्तै, कुशल मल्ललाई आबुधाबीले अनुबन्धन भएका थिए । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधका इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा थिए।

Facebook Comments Box