महिला टि–२० विश्वकप छनोट २ महिनापछि सर्‍यो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले महिला टि–२० विश्वकपको एसिया छनोट छनोट २ महिनापछि सारेको छ । कोरोना भाइरसको महामारीका कारण आईसिसीले सेप्टेम्बरका लागि तय भएको महिला टि–२० विश्वकपको एसिया छनोटको खेल नोभेम्बरमा सारेको छ।

सन् २०२३ को महिला टि–२० विश्वकपको एसिया छनोटको खेल नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ। छनोटमा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएइले प्रतिस्पर्धा गर्ने छन् ।

सन् २०२३ को महिला टि–२० विश्वकप दक्षिण अफ्रीकामा हुनेछ । आठौं संस्करणको प्रतियोगिता फेब्रुवरी ९ देखि २६ सम्म आयोजना हुनेछ । प्रतियोगितामा १० राष्ट्रले सहभागिता जनाउने छन् ।

Facebook Comments Box