पुरुष क्रिकेट : एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी

प्रदेश ५ मा जारी आठांै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष क्रिकेटमा एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । भैरहवामा खेलमा एपीएफले प्रदेश ५ लाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो भने सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३१ रनले हरायो ।

बिहीबार भएको खेलमा पहिला ब्याटिङ गर्दै प्रदेश ५ ले दिएको ९१ रनको सामान्य लक्ष्य एपीएफले १८.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि शंकर रानाले ३१ बलमा नटआउट ३२ रन बनाए भने प्रदीप ऐरीले २३ तथा अमरसिंह रौटेलाले नटआउट ११ रन बनाए । बलिङमा प्रदेश पाँचका विक्रम भुसाल, संदीप सुनारले २–२ र कृष्ण कार्कीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको प्रदेश ५ ले निर्धारित खेलमा ८ विकेट क्षतिमा ९० रन बनाएको थियो । प्रदेश ५ का लागि सन्दीप सुनारले २६, अनुपम सिंहले १५ र सिद्धान्तराज शाहीले १४ रन बनाए । बलिङमा एपीएफका वसन्त रेग्मीले ३, शरद भेष्वाकर, भुवन कार्की, अभिनास बोहरा र यज्ञमान कुमालले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशन ३१ रनले विजयी भयो । पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले दिएको १२३ रनको लक्ष्य पछ्याएको गण्डकीले १९.१ ओभरमा अलआउट हुँदै ९१ रन मात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका लागि करण केसीले ३५ र अनिल गुरुङले १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंग जोड्न सकेनन् । सुदूरपश्चिमका महेश अधिकारीले ४ विकेट लिए भने अरुण ऐरीले २ तथा विकाश अगारी र नरेन्द्र साउदले समान १–१ विकेट लिए ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १२२ रन बनायो । उसका लागि खड्ग बोहोराले सर्वाधिक ३६ रन बनाए भने लोकेश बमले २१ तथा अरुण ऐरीले नटआउट १९ रन बनाए । बलिङमा गण्डकी प्रदेशका किशोर महतो, विपिन खत्री र विशाल पौडेलले १–१ विकेट लिए ।

शुक्रबार नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र प्रदेश ५ बीच खेल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP