‘स्टोक्स अहिले नम्बर १ अलराउन्डर हुन्’

भरतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर आकाश चोपडाले इंग्ल्यान्डका बेन स्टोक्स वर्तमान समयका सर्वश्रेष्ठ अलरान्डरको बताएका छन् । आफ्नो युबट्युब शो ‘आकाशवाणी’मा चोपडाले बल र ब्याट् दुवैमा उत्कृष्ट लयमा रहेका स्टोक्स सर्वश्रेष्ठ अलराउन्डर भएको बताएका हुन् ।

चोपडाले स्टोक्स वर्तमान सयम क्रिकेटका तीनै प्रारुपका नम्बर एक अलराउन्ड भएको बताए । म्यान्चेस्टरमा जारी वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा स्टोक्सले १७६ रनको उत्कृष्ट खेलेका छन् । ‘यो सयम स्टोक्स तीनवटै फम्र्याटका नम्बर १ अलराउन्डर हुन्, यसमा कुनै शंका छैन,’ चोपडाले भनेका छन्, ‘यदि तपाईं टेस्ट क्रिकेटमा हेर्नुहुन्छ भने उनको व्याटिङ औषत ४३ छ । वानडेमा ५९ र टि–२०मा ३३ को व्याटिङ औषत छ ।’

गतवर्षको एकदवसीय विश्वकप र एसेज सिरिजमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा फाइनलमा सुपरओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्डले विश्वकप उपाधि जितेको थियो । स्टोक्सले विश्वकपमा ४६५ रन बनाउनुका साथै ७ विकेट लिएका थिए । यस्तै एसेज सिरिजमा समान २ शतक र २ अर्धशतकसहित ४४१ रन बनाउनुका साथै ८ विकेट लिएका थिए ।

यस्तै चोपडाले भारतीय अलराउन्ड हार्दिक पाण्ड्या पनि स्टोक्सको लेवलमा पुग्न सक्ने बताए । चोपडाले भने, ‘पाण्ड्या त्यो लेवलमा पुग्न सक्छन्, उनले पनि राम्रो क्रिकेट खेलिरहेका छन् । तर, पाण्ड्यालाई चोटले केही पछाडि धकेलेको छ ।’ पाण्ड्याको टेस्टमा ब्याटिङक औषत २८, वानडेमा ५४ र टि–२०मा १८ छ ।

भारतीय पूर्व ब्याट्सम्यान चोपडाले भारतकै रविन्द्र जडेजा र बंगलादेशक सकिब अल असन भने निकै पछाडि रहेको बताएका छन् । ‘जडेजा यो यात्रामा छन्, तर उनी त्यहाँ पुगिसकेका छैनन् । सकिब पनि यो लाइनमा छन् । मलाई लाग्दै स्टोक्सको छेउछाउ उनी पग्न सक्छन् ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.