म्याक्सवेल र अगर चम्किँदा अस्ट्रेलिया विजयी

ग्लेन म्याक्सवेल र एस्टन अगरले उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टि–२० सिरिजमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा म्याक्सवेल ब्याटिङमा र अगर बलिङमा चम्किएपछि अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६४ रनले हरायो ।

५ खेलको टि–२० सिरिजमा अस्ट्रेलियाको यो पहिलो जित हो। यसअघिका दुई खेलमा न्युजिल्यान्ड विजयी भएको थियो। जितसँगै यसअघिका दुवै खेलमा पराजित अस्ट्रेलिया सिरिजमा फर्किएको छ। न्युजिल्यान्डले पहिलो खेल ५३ र दोस्रो खेल ४ रनले आफ्नो पक्षमा पारेको थियो।

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १७.१ ओभरमा अलआउट हुँदै १४४ रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेपछि मध्यक्रम नचल्दा न्युजिल्यान्ड हार व्यहोर्न बाध्य भयो ।

उसका ओपनर मार्टिन गुप्टीलले सर्वाधिक ४३ रन बनाए । उनले २८ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, डेवन कन्वे ३८ रन बनाउँदा बनाए । उसका ५ ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा एस्टन अगरले ६ विकेट लिए । उनले ४ ओभरमा ३० रन मात्र खर्चिए ।

वेलिंग्टनमा पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०८ रन बनायो । उसका लागि म्याक्सवेलले सर्वाधिक ७० रन बनाउँदा कप्तान आरोन फिन्चले ६९ रन बनाए । म्याक्सवेलले ३१ बलमा ८ चौका र ५ छक्का प्रहार गरे भने फिन्च्ले ४४ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे।

यस्तै, जोश फिलिप्सले २७ बलमा ४३ रनको योगदान दिए । न्युजिल्यान्डका इश शोधीले २ तथा ट्रेन्ट बोल्ड र टिम साउदीले समान १ विकेट लिए।

सिरिजअन्तर्गत चौथो टि–२० शुक्रबार हुने भने अन्तिम खेल आइतबार हुने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.