क्रिकेटराष्ट्रिय क्रिकेट

नेपालको ५० रन पुरा, आक्रामक कुशल, डिफेन्सिभ आसिफ

आईसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ५० रन पुरा गरेको छ। जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले ११.५ ओभरमा विनाक्षति ५० रन पुरा गरेको हो।

जिम्बाबेले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेपाललाई दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिलाएका छन्।

सुरुआतमै स्पिलमा क्याच आउट हुनबाट बचेका कुशल खेलमा आक्राकम देखिएका छन्। यता, कशुल आक्रामक हुँदा आसिफ सेखले भने डिफेन्सिभ देखिएका छन्। कशुलले ४३ बलमा ६ चौका प्रहार गर्दै ३३ रन बनाउँदा आसिफले २९ बलमा १४ रन बनाएका छन्।