हिजो साँझदेखि क्रिकेट आसिफ सेख चर्चामा छन्। राष्ट्रिय टिमका ओपनर आसिफमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप लगाउँदै प्रहरी दर्ता गराउन ठिक्क पारिएका निवेदन सामाजिक सञ्जालमा सर्वाजनिक भएपछि आसिफको चर्चा भएको हो।
एक युवतीले कालिमाटी प्रहरीलाई सम्बोधन गर्दै लेखेको निवेदनमा उनले आफूलाई अनुचित प्रभावमा पारेर आसिफले असुरक्षित शारीरिक सम्बन्ध राखेको अरोप लगाएकी छिन्। आसिफले आफूसँग सुरक्षित शारीरिक सम्बध राखेर महिनावारी रोकिँएको र आसिफ सम्पर्कबिहीन हुँदा आफू मानसिक तनावमा परेको उल्लेख गरेकी छिन्।
समाजिक सञ्जालमा भाइरल जस्तै बनेका यी निवेदन भने प्रहरीमा दर्ता भने नभएको प्रहरीले जनाएको छ।
सामाजिक सन्जालमा आइतबार बाहिरिएको सो निवेदनबाट ती युवतीलाई प्रहरीले सम्पर्क गरेको काठमाडौं प्रहरी परिसका उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए। प्रहरीले उनीसँग दर्ता नभको निवेदन कसरी बाहिरियो भन्ने विषयमा बुझेको बताउँदै ढुंगेलले आज निवेदन लिएर आउने बताएको उल्लेख गरे।
निवदेन आएको अवस्थामा तत्काल आवश्यक कदम चाल्ने उनले बताए।
यता, क्यानले आसिफको विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ। अध्यक्ष चतुरबहादुर चन्दले आफूले पनि सामाजिक सञ्जालमै निवेदन देखेको बताउँदै औपचारिक जानकारी नभएको बताए।