आईसिसीको प्रतिष्ठित अवार्ड पाएका आसिफ भन्छन्– पुरै देशलाई खुसी दिन सकेँ, गर्व महसुस भइरहेको छ

Read Time:2 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटपिकर ब्याट्सम्यान आसिफ सेखले आईसिसीको प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन् । आईसिसीले बिहीबार आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिने निर्णय गरेको थियो ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टि–२० अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण आईसिसीले आसिफलाई यो प्रतिष्ठित अवार्ड दिएको हो।

आईसिसीबाट प्रतिष्ठित अवार्ड प्राप्त गरेपछि आसिफले आफूलाई निकै गौरव महसूस भएको बताएका छन् । अवार्डमार्फत सम्पूर्ण नेपालीलाई सुख दिन सकेकामा खुसी लागेको बताए।

आसिफले यो अवार्डले आफूलाई थप राम्रो गर्न उर्जा मिलेको बताए । साथै उसले क्रिकेटमा लाग्न चाहने नयाँ पुस्ताका लागि थप प्रेरणा मिल्ने बताए।

‘राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटकै प्रतिष्ठिन अवार्ड पाउँदा एकदमै गर्वको अनुभव भइरहेको छ। यो सम्पूर्ण नेपालीकै गर्वको कुरा हो। आगामी दिनमा समेत यस्ता अवसरलाई पनि सदुपयोग गरिरहने छु,’ आसिफले भने।

आयरल्यान्डका एन्डी म्याकबर्नी निश्चित रुपमा रनआउट हुने देखेपछि क्रिजमा कुद्नै छाडेको अवस्थामा तत्कालिन कप्तान सन्दीपले पनि रनआउट नगर्न भनेको उनले बताएका छन्। उनले भने, ‘सन्दीप क्रिज नजिकै फिल्डिङमा थिए, मेरो हातमा बल आएपछि उनले नगर नगर भने, अहिले रनआउट गरिनँ।’

Happy
Happy
83 %
Sad
Sad
8 %
Excited
Excited
8 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टाइगर कप भलिबल : उपाधिका लागि एपिएफ र गण्डकी प्रदेश भिड्ने
Next post केपी ओली कप फुटबल फागुन ११ देखि १७ गतेसम्म हुने
Close