बैंग्लोरको लागतार तेस्रो जित, कोलकाता ३९ रनले पराजित

१४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले लागतार तेस्रो जित निकालेको छ। लागतार तेस्रो जित निकाल्ने क्रममा आइतबार राति भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित निकाल्यो।

चेन्नईमा आइतबार भएको खेलमा बैंग्लोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए भने कप्तान इयान मोर्गन २९ रन जोड्दा शकिब अल हसन २६ रन बनाए। बैंग्लोरका केली जेमिसनले ३, हर्सल पटेल र युजभेन्द्र चहलले समान २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। बैंग्लोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्कासहित ७८ रन बनाए। विस्फोटक ब्याटिङ गरेका डी भिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्कासहित ७६ रन बनाए। देवदुत पडिकलले २५ रन जोड्दा केली जेमिसनले अविजित ११ रन बनाए ।

कोलकत्ताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्द कृष्णले १–१ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.