एबी डे भिलियर्सले सन्न्यास फिर्ता नलिने

लामो समयदेखि दक्षिण अफ्रिकी विस्फोटक ब्याट्सम्यान एबी डे भिलियर्स पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने चर्चा चलिरहँदा दक्षिण अफ्रिका क्रिकेट बोर्डले भिलियर्सले सन्न्यास फिर्ता लिन नचाहेको बताएको छ।

यो सिजनको आईपिएपलमा उत्कृष्ट प्रदर्शन गरेपछि भिलियर्स पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने र टि–२० विश्वकप खेल्ने धेरैले अपेक्षा गरेका थिए । सोही अनुसार बोर्डले पनि भिलियर्सलाई राष्ट्रिय टिममा फर्काउन प्रयास गरेको थियो ।

भिलियर्ससँगको लामो छलफल पछि बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै भिलियर्सले सन्न्यास फिर्ता लिन नचाहेकाले उनी अब अन्तर्राष्ट्रिय क्रिकेटमा नफर्कने बताएको छ। ‘मैले सोचेरै सन्न्यासको घोषणा गरेको हुँ, त्यो निर्णय परिवर्तन गर्दिनँ,’ भिलियर्सको भनाई उद्धृत गर्दै दक्षिण अफ्रिका क्रिकेट बोर्डले भन्यो ।

भिलियर्सले फर्ममा रहँदा रहँदै सन् २०१८मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए। बोर्ड उनलाई फिर्ता ल्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो। ‘एबीसँगको सबै चर्चा सकिएको छ, उन फैसला गरिसके की फेरि फर्कँदैनन्,’ बोर्डले भनेको छ।

दक्षिण अफ्रिका क्रिकेट बोर्डले यो घोषणा वेस्टइन्डिजविरुद्धको टेस्ट र टि–२० सिरिजनका लागि टिम घोषणा गरेलगत्तै गरेको हो।

३७ भिलियर्सले दक्षिण अफ्रिकाका लागि १३४ टेस्ट, २२८ एकदिवसीय र ७८ टि–२० क्रिकेट खेलेका छन् । जसमा उनले टेस्टमा २२ शतक र ४६ अर्धशतक मद्दतमा ८७६५ रन बनाएका छन् । यस्तै, उनले एकदिवसीयमा २५ र ५३ अर्धशतक मद्दतमा ९५७७ रन बनाएका छन् भने टि–२०मा १० अर्धशतक मद्दतमा १६७२ रन बनाएका छन्।

Facebook Comments Box