आमिर अख्तर भन्छन्– एबी डी भिलियर्स इपिएल खेल्न तयार

नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल)का प्रबन्ध निर्देशक आमीर अख्तरले एबी डी भिलियर्स नेपाल आउन तयार रहेको बताएका छन् । उनले इपिएलमा भिलियर्सलाई ल्याउन कुरा भइरहेको र उनी साकारात्मक रहेको बताए ।

‘हामीले भिलियर्ससँग कुराकानी गरेका र्छौं, हाम्रो प्रस्तावमा उनी सकारात्मक छन्, इपिएल खेल्न लगभग तयार छन् । तर, पक्का भने भइसकेको छैन,’ अख्तरले भने।

गत वर्ष मार्चमा तय भएको ईपीएलको चौथो संस्करणमा पनि उनलाई ल्याउने प्रयास भएको थियो । तर इन्डियन प्रिमियर लिग परेका कारण उनले आउन पाएनन् भने कोरोना महामारीका कारण ईपीएल पनि स्थगित भयो ।

यसपटक दशैंको समयमा ईपीएल हुने र जुनबेला अन्तर्राष्ट्रिय पनि खेल हुने भएकाले विदेशी खेलाडी आउन सहज हुने ईपीएलका प्रबन्ध निर्देशक अख्तरले बताए ।

इपिएल टि–२० क्रिकेट प्रतियोगिता आगामी वर्षको असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ। गएको वर्ष चैतमा आयोजनाको अन्तिम चरणमा पुगिसकेको इपिएल क्रिकेट कोरोना माहामारीका कारण रोकिएको थियो।

गएको वर्ष ड्वायन स्मिथ, उपुल थारंगा, लियाम प्लङकेट, कोरी एन्डरसन, हसिम अमला, क्रिस गेलजस्ता खेलाडी आउने पक्का भएको छ । यो सिजन उनीहरु आउने नआउने पक्का छैन।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.