नेपालमा क्रिकेट खेल्न जम्पालाई सन्दीपको निम्तो

अस्ट्रेलियान स्पिनर एमड जम्पाले आफू नेपाल आउने इच्छुक रहेको बताएका छन् । नेपाली युवा लेगस्निपर सन्दीप लामिछानेले नेपाल आउन निम्तो दिएपछि स्टार स्पिनर जम्पा नेपाल आउने इच्छुक भएका हुन् ।

सन्दीप र जम्पा मेलबर्न स्टार्सबाट बिग बास लिग खेलिरहेका छन् । सन्दीप र जम्पाकै उत्कृट प्रदर्शनमा शनिबार भएको मेलबर्न डर्बीमा स्टार्सले रेनिगेट्सविरुद्ध सादनर जित निकालेको थियो । दुवैले मिडलर ओभरमा उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिएका थिए । जसमा सन्दीपले ३ र जम्पाको नाममा २ विकेट थियो ।

क्रिकेट अस्ट्रेलियाको आधिकारिक वेवसाइटक क्रिकेट टडकम टडएयुसँगको कुराकानीमा जम्पाले आफूलाई सन्दीपले नेपाल क्रिकेट खेल्न र घुम्का लागि निम्तो दिएको बताएका छन् । जम्पाले भनेका छन्, ‘सन्दीप मेरा राम्रा साथी हुन् । हामीबीच धेरै कुराकानी हुन्छन् । उनले क्रिकेट खेल्न नेपाल आउन निम्ता दिएका छन् । नेपालमा घुम्न र क्रिकेट खेल्न इच्छुक र उत्साहित छु ।’

सन्दीपसँग घुम्न आफूलाई एमदम मज्जा आउने जम्पाले बताएका छन् । मेबलर्न स्टारका अन्य खेलाडीहरुलाई पनि सन्दीपले नेपाली परिवार खुवाउन रेस्टुरेन्ट लाने गरेको जम्पाले बताएका छन् । सन्दीपले आफूलाई सँगै हाइकिङमा लान चाहेको पनि जम्पाले बताए ।

जम्पाले सन्दीपको बलिङको पनि तारिफ गरेका छन् । ‘सन्दीप उत्कृष्ट क्रिकेट खेलिरहेका छन्, उनी युवा छन् र, धेरैकुरा सिकिरहेका छन् ।’ जम्पाले भने, ‘उनी लिन एकदमै मनपराउँछन्, त्यो राम्रो पनि हो ।’

सन्दीपले कहिलेकाहीँ डिफेन्सिभ बलिङ गर्ने गरेको पनि जम्पाले बताएका छन् । सन्दीपलाई डिफेन्सिभ बलिङ गर्न आफूले सहयोग गरिरहेको पनि उनले बताएका छन् ।

एडम जम्पा अस्ट्रेलिया टिमसँगै भारत र दक्षिण अफ्रिका भ्रमणमा जाँदै छन् । त्यसपछि मेलबर्न स्टार्सको स्पिन बलिङको कमाण्ड सन्दीपको काँधमा आउेन छ । बिग बास लिगमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ५ खेलमा ६ विकेट लिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.