महबुब विराटनगर र अदिल राजविराजबाट पक्राउ, काठमाडाैं ल्याउने तयारी

Read Time:2 Minute

स्पट फिक्सिङको आरोपमा सोमबार दुई जना नेपाली क्रिकेट पक्राउ परे। दुई एक पूर्वराष्ट्रिय खेलाडी महबुब आलम थिए भने अर्का अहिलेकै नेपाली टिमका महत्वपूर्ण सदस्य मोहम्मद अदिल आलम थिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले महबबुलाई विराटनगर र अदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि छ । आदिलले लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए भने आलम भने कुनै टीमको सदस्य थिएनन् ।

बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । आदिललाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई काठमाडौं पठाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो ।

यस्तै, राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरीले बतायो ।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी– २० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरु फेला परेपछि केन्द्रिय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ।

यी दुवैले सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालियाकै योजनामा फक्सिङ गरेका थिए। अदिलले अन्य तीन खेलाडीलाई पनि जतिनसँग सम्पर्क गराएको बताइएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
Previous post टाइगर कप भलिबल : महिलातर्फ एपीएफ जित
Next post १२औं पुष्पलाल स्मृती ब्याडमिन्टन विराटनगरमा हुने
Close