अफगानिस्तानविरुद्ध जिम्बाबे विजयी

पहिलो टेष्टमा अफगानिस्तानमा जिम्बाबे १० विकेटले विजयी भएको छ। बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तानले दिएको जम्मा १७ रनको लक्ष्य जिम्बावेले ३.२ ओभरमै विना क्षति भेट्टायो।

दोस्रो इनिङ्समा अफगानिस्तान १३५ रनमै अलआउट भएपछि जिम्बावेले १७ रनको झिनो लक्ष्य पाएको हो। जसमा केभिन कासुजाले ११ र प्रिन्स मासभाउरेले ५ रन बनाए।

दोस्रो इनिङ्समा अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ७६ रन बनाए भने कप्तान असगर अफगानले १४ रन जोड्दा अमिर हाम्जा २१ रनमा अविजित रहे। जिम्बावेका लागि भिक्टोर न्याउची र डोनाल्ड ट्रिपानोले ३–३ तथा ब्लेसिङ मुजाराबानीले २ विकेट लिए।

त्यसअघि १३३.५ बाट दोस्रो दिन पहिलो इनिङ्स थालेको जिम्बावेले ७२ ओभर खेल्दै सबै विकेट गुमाएर २५० रन बनाएको थियो। जिम्बावेका कप्तान सिन विलियम्सले १०५ रन बनाए। विकेटकिपर रेगिस चकाभाले ४४ रन जोडे। अफगानिस्तानका अमिर हाम्जाले ६ विकेट लिए।

अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान पहिलो इनिङ्समा १३१ रनमा अलआउट भएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.