मोतर्जासहित तीन बंगलादेशी क्रिकेटरमा देखियो कोरोना संक्रमण

पूर्वकप्तान मोसरफे मोर्ताजासहित तीन बंगलादेशी क्रिकेटरमा कोरोना संक्रमण देखिएको छ । मोतर्जासहित देब्रे हाते स्पिनर नाज्मुल इस्लाम र ओपनर नफिस इमबाल कोरोना संक्रमित भएका हुन् ।

मोतर्जाले शनिबार फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । पछिल्ला केही दिनयता अस्वस्थ रहेका मोतर्जाको शुक्रबार उपचारका लागि अस्पताल पुगेका थिए, त्यही क्रममा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

सांसद समेत रहेका मोर्ताजा केही समयअघिसम्म कोरोना भाइरसबाट प्रभावितलाई राहत बाढ्न सक्रिए थिए । उनले खासगरी आफ्नो क्षेत्र नाराइलमा राहत तथा उद्दारमा सक्रियता देखाएका थिए ।यस्तै, इस्लाम पनि जन्मस्थान नारायणगंजमा राहत वितरणमा सक्रिय थिए। यो क्षेत्र बंगलादेशमा बढी प्रभावित मध्येको एक हो।

मोतर्जा कोरोक्रा संक्रमित हुने दोस्रो ठूला स्टार क्रिकेटर हुन् । यसअघि अघिल्लो साता पाकिस्तानी पूर्वकप्तान साहिद अप्रिलदीमा पनि कोरोना संक्रमण देखिएको थियो । मोर्तजाले बंगलादेशका लागि ३६ टेस्ट, २२० वानडे र ५४ टि–२० म्याच खेलेका छन् ।

अलराउन्डर इस्लामले बंगलादेशका लागि १ टेस्ट, ५ वानडे र १३ टि–२० म्याच खेलेका छन् । यस्तै, पूर्वक्रिकेटर इकवालले बंगलादेशका लागि ११ टेस्ट र १६ एकदिवसीय म्याच खेलेका छन् । ३४ वर्षीय इक्वाल सन् २००६ यता राष्ट्रिय टिमबाट खेलेका छैनन् । उनी वर्तामान कप्तान तमिम इकवालका दाइ हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.