रैनाले पनि लिए सन्न्यास

पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको केही घण्टापछि नै अर्का भातरीय क्रिकेटर सुरेश रैनाले पनि सन्न्यास लिएका छन् । भारतीय टिमका धोनीका सबैभन्दा प्रिय पात्रका रुपमा परिचित रैनाले धोनीलाई साथ दिँदै अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा अन्त्य गरेका हुन् ।

शनिबार इन्स्टाग्राममा एक सन्देश दिँदै विस्फोटक ब्याट्सम्यान रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । ३३ वर्षीय रैनाले रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । रैना भारतीय क्रिकेटका उत्कृष्ट फिल्डर र विस्फोट ब्याट्सम्यानका रुपमा परिचित छन् ।

रैनाले भारतका लागि २ २६ एकदिवसीय, १९ टेस्ट र ७८ टि–२० खेल खेलेका छन् । उनले एकदिवसीयमा ५ शतक र ३६ अर्धशतक प्रहार गर्दै ५६१५ रन बनाएका छन् भने टि–२०मा १ शतक र ५अर्धशतकसहित १६०५ रन बनाएका छन् । टेस्टमा भने उनले १ शतक र ७ अर्धशतक प्रहार गर्दै ७६८ रन बनाएका छन् ।

रैना धोनीका प्रिय खेलाडी हुन् । धानीकै कप्तनीमा भातरले एकदिवसीय र टि–२० विश्वकप र च्याम्पियन्स ट्रफी जित्दा रैना टिमका मुख्य खेलाडी थिए । धोनी र रैनाले आइपिएल चेन्नई सुपर किंग्सबाट खेल्नछन् ।

रैनाले अन्तिम पटक सन् २०१८ जुलाईमा इंग्ल्यान्डविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *