
आईपिएलकाे फाइनल अहमदावादमा, प्लेअफका खेल कोलकातामा
जारी इन्डियन प्रिमियर लिग (आईपिएल)काे फाइनल नरेन्द्र माेदी रंगशाला अहमदावादमा हुने भएकाे छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार प्लेअपफका खेल कोलकताको इडेन गार्डेनमा हुनेछ।
क्वालिफायर एक र एलिमिनेटरका खेलहरु मे २४ र २५ मा कोलकताको इडेन गार्डेनमा हुनेछ भने क्वालिफायर दुई मे २७ मा हुनेछ । फाइनल खेल मे २९ मा अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ ।
प्लेअफका खेल पूर्ण दर्शकसहित खेलाइने बिसिसिआईले जनाएकाे छ।
हाल आईपीएलको १५औं संस्करणका खेलहरु मुम्बईको वाङखेडे रंगशाला र ब्राबोर्न रंगशाला, नावी मुम्बईको डिवाई पाटिल रंगशाला र पुनेको एमसीए रंगशालामा भइरहेको छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले प्लेअफका खेलहरु शतप्रतिशत दर्शकसहित कोलकता र अहमदावादमा हुने बताए । उनले ले महिला टी(२० च्यालेन्ज मे २४ देखि २८ सम्म लखनउमा हुने पनि जानकारी दिएका छन् ।