आईपिएलमा हैदरावादको कप्तानी मकरमले गर्ने

Read Time:1 Minute

आईपिएलको नयाँ सिजनमा सनराइजर्स हैदरावादको कप्तानी दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान एडन मकरमले गर्ने भएका छन्। हैदरावादले बिहीबार मकरमलाई कप्तानको जिम्मेवारी दिएको हो।

मकरमले आफ्नै कप्तानीमा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको एसए टि–२० लिगमा सनराइजर्स इस्टर्न केपलाई उपाधि दिलाएपछि हैदरावदले उनलाई कप्तानको जिम्मा दिएको हो।

१६औं संस्करणको आईपिएपल ३१ मार्चबाट सुरु हुनेछ। हैदराबादले राजस्थान रोयल्ससँग २ अप्रिलमा आफ्ना पहिलो खेल खेल्दैछ ।

नयाँ संस्करणको आईपिएलका लागि हैदरावादले विदेशी खेलाडीका रुपमा मकरमसँगै ग्लेन फिलिप्स, म्याक्रो जेन्सन, फजलहक फारुकी, ह्यारी ब्रुक्स, हेनरिच क्लासन, अदिल रसिद र अकिल हुसैनलाई किनेको छ ।

टिममा मायंक अग्रवाल, भुवनेश्वर कुमार, अब्दुल समद, टि नटराजन, अविशेक शर्मा, वासिङ्टन सुन्दर, उमरान मल्लिक र राहुल त्रिपाठीलगायत खेलाडी छन्।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्रिकेटरलाई सम्मान गर्दै जनही २ लाख दिने प्रधानमन्त्रीको घोषणा
Next post भुटानी क्लबलाई हराउँदै आर्मी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
Close