
न्युजिल्यान्डका अजाज पटेल बने आईसिसीको डिसेम्बरका उत्कृष्ट क्रिकेटर
Read Time:1 मिनेट
गत महिना भारत भम्रणमा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्ड भारतीय मूलका स्पिनर अजाज पटेल आईसससीको डिसेम्बरको ‘आईसीसी प्लेअर अफ दी मन्थ’ घोषित भएका छन्।
पटेलले डिसेम्बरमा भारतविरुद्धको टेस्टमा एकै इनिङ्समा १० विकेट लिएका थिए। टेस्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिने तेस्रो खेलाडी हुन्।
बायाँ हाते स्पिनर अजाजले डिसेम्बरमा त्यही एउटा टेस्ट मात्र खेलेका थिए । त्यही टेस्टमा उनले एक इनिङमा १० विकेटसहित कुल १४ विकेृट लिएका थिए ।
सन् २०२१ मा खेलिएको टेस्ट सिरिजमा यो उत्कृष्ट प्रदर्शन थियो। तर, पटेलको उत्कृष्ट प्रदर्शनका बाबजुद न्यूजिल्याण्डको टोलीले यो टेस्टमा हार बेहोरेको थियो ।