भारतविरुद्ध अजाज पटेलको सनसनीपूर्ण बलिङ, एकै इनिङमा लिए १० विकेट

Read Time:1 Minute

भारतीयमूलका किबी स्पिनर अजाज पटेलले भारतविरुद्धको दोस्रो टेस्टामा सनसनीपूर्ण बलिङ गरेका छन्। उनले मुम्बईमा जारी दोस्रो टेस्टको पहिलो इनिङमा भारतका सबै दश विकेट लिँदै कीर्तिमान बनाए ।

भारतविरुद्ध उनले ४७५ ओभरमा ११९ रन खर्चेर १० विकेट लिए। उनी टेस्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिने तेस्रो र न्युजिल्यान्डको पहिलो खेलाडी बने । उनीभन्दाअघि भारतका नलि कुम्बले र इंग्ल्यान्डका जिम लेकरले पनि यो उपलब्धि हासिल गरेका थिए। कुम्बलेले सन् १९९९ मा पाकिस्तानविरुद्ध र लेकरले सन् १९५६ मा अस्ट्रेलियाविरुद्ध १० विकेट लिएका थिए।

न्युजिल्यान्डको तर्फबाट ११ टेष्ट म्याच खेल्दै गरेका पटेलको जन्म सन् १९८८ मा मुम्बईमै भएको थियो ।

अजाजले १० विकेट लिए पनि भारतले पहिलो इनिङमा ३ सय २५ रन बनएको थियो। दोस्रो टेष्टमा पहिलो इनिङमा भारतका लागि मयंक अग्रवालले १ सय ५० रनको इनिङ खेले भने अक्षर पटेलले ५२ रन बनाए । अजाजले कप्तान विराट कोहली, चेतेश्वर पुजारा र रविचन्द्र अश्विनलाई डक आउटा गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्तिम समयको गोलमा हारबाट जोगियो मनाङ
Next post नेपाली क्रिकेटर सीताले हङकङमा क्रिकेट खेल्ने
Close