
८ वर्षपछि वेस्टइन्डिजका अकिल हुसेनले तोडे सोमपालको कीर्तिमान
Read Time:1 Minute
नेपाली क्रिकेटर सोमपाल कामीले टि–२० अन्तर्राष्ट्रयमा बनाएको कीर्तिमान ८ वर्षअघि तोडिएको छ। १०औं नम्बरमा ब्याटिङ गर्दै सोममपालले बनाएको सर्वाधिक रन बनाउने कीर्तिमान वेस्टइन्डिजका अकिल हुसेनले तोडेका हुन्।
सन् २०१४ को नोभेम्बरमा सोमपालले हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाउँदै कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
हुसेनले इंग्ल्यान्डविरुद्ध दोस्रो टि–२० मा १६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४४ रन बनाउँदै सोमपालको कीर्तिमान तोडेका हुन् । अकिलको विस्फोटक ब्याटिङका बाबजुद वेस्टइन्डिज १ रनले पराजित भयो।
१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित२० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । अकिलले अन्तिम ओभरमा सकिब महम्मदलाई दुई चौका र तीन छक्कागरि कुल २८ रन जोडेपनि हार टार्न सकेनन् ।