अली खान बने आईपिएल खेल्ने पहिलो अमेरिकी खेलाडी

फास्ट बलर अली खान इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्ने पहिलो अमेरिकी खेलाडी बनेका छन् । भर्खरै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा उत्कृष्ट प्रदर्शन गरेपछि अली खानलाई कोलकाता नाइट राडर्सले अनुबन्ध गरेको छ ।

२९ वर्षी खानले कोलकाताकै स्वामित्वमा रहेको क्लब ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेलेका थिए । ट्रिनबागोलाई च्याम्पियन बनाउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ८ खेलमा ७.४३ को इकोनोमीमा ८ विकेट लिएका थिए ।

कोलकाताले उनलाई इंग्लिस बलर ह्यारी गुर्नेइको स्थनमा अनुबन्धन गरेको हो । काँधमा चोट लागेपछि गुर्नेई आईपिएल नखेलेका हुन् ।

कोलकातासँग अनुबन्धन भएपछि अली खानले ट्रिनबाथोकै खेलाडी ड्वायन ब्राभोसँगको प्लेनको तस्बिर इन्स्टग्राममा पोस्ट गर्दै– ‘अबको गन्त्य दुबई !’ लेखेका छन् । ब्राभोले नै अली खानलाई सिपिएलमा ल्याएका हुन् । ग्लोबल टि–२० लिग क्यानडामा उनीहरुको भेट भएको थितयो ।

अली खान यो सिजनको सिपिएलको सबैभन्दा सफल फास्ट बलर हुन् । उनले पाकिस्तान सुपर लिग, बंगलादेश प्रियिमर लिग, ग्लोबन टि–२० लिग क्यानडालगायत फ्रेन्चाइज टि–२० लिग खेलिसकेका छन् ।

खानले सन् २०१६मा आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन–४ मार्फत अमेरिकी सिरिय टिममा डेब्यू गरेका थिए । उनले गतवर्ष पपुवा न्यूगिनीविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।

पाकिस्तानको पञ्जावको अटकमा जन्मिएका अली खान १८ वर्षको उमेरमा आमाबुबासहित अमेरिका गएका थिए । उनी ३४० प्रतिघण्टाका दरले बलिङ गर्छन् र योकरमा एकदमै माहिर छन् ।

उनी आईपिएल खेल्ने पहिलो अमेरिकी खेलाडी भए पनि अहिलेको अमेरिकी टिममा आईपिएल खेल्ने एकमात्र खेलाडी भने होइनन् । अहिलेको अमेकिरी टिमका रहेका रस्टी थेरनले डेकन चार्जर्स र किंग्स इलावेन पञ्जावबाट आईपिएल खेलिसेका छन् । त्यतिवेला उनी दक्षिण अफ्रिकाबाट क्रिकेट खेल्थे । सन् २०१९ मा थेरान दक्षिण अफ्रिका छाड्दै अमेरिका आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *