दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

दिल्ली क्यापिटल्सलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको अबुधाविमा भएको खेलमा दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

७ खेलमा ५ जित र २ हारको सामाना गरेको मुम्बई १० अंकसहित दिल्लीलाई रनरेटमा पछाडि पर्दौ शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले पनि ७ खेलम ५ जित र २ हारको सामाना गरेको छ । ६ समान समान ८ अंक जोडेका कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो र चौथो स्थानमा छन् ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले १९.४ओभर ५ विकेट गुमाएर भेट्टायो । मुम्बईको जितमा क्वेन्टन डि कक र सूर्यकुमार यादवले अर्धशतकीय योगदान दिए । दुवैले सनमा ५३ रन बनाए । डि ककले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने यादवले ३२ बल ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, इशान किसानले १५ बलमा २८ बनाए भने कुर्णाल पाण्ड्याले १२ र केइरन पोलार्डले ११ रन बनाए । दिल्लीका कागिसो रबाडाले २ तथा रविचन्द्रन आविश्वन, अक्षर पटेल र मार्कस स्टोइनिसले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले शिखर धवनले अर्धशतक बनाएपछि २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनायो । नटआउट रहेका धवनले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६९ रन बनाए । यस्तै, कप्तान श्रेयस ऐयरले ३३ बलमा ४६ रन बनाए भने एलेक्स क्यारीले १४ र मार्कस स्टोइनिस १३ रन बनाए । मुम्बईका कुर्णाल पाण्ड्यले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

आज साँझ ७ः४५मा सारजाह हुने खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP