पञ्जाबमाथि दिल्लीको सानदार जित

Read Time:1 Minute

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्समाथि ९ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै पञ्जाबले दिएको ११६ रन सामान्य लक्ष्य दिल्लीले १०.३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो। उसका डेभिड वार्नरले ३० बलमा १० चौका र १ छक्का प्रहार गर्दै ६० रन बनाए।

यस्तै, पृथ्वी शले २० बलमा ७ चौका र १ छक्कासहित ४१ रन बनाए। पञ्जाबका राहुल चाहरले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाउन सक्यो। उसका जितेश शर्माले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मायांक अग्रवालले २४ रन बनाए। दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २–२ विकेट लिए।

जितसँगै ६ खेलमा ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा उक्लिएको छ भने पञ्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युनाइटेडमाथि लिभरपुलको सानदार जित, सिटीले ब्राइटनलाई हरायो
Next post चेल्सीमाथि आर्सनलको सानदार जित
Close