युएईमा कोलकाताको उत्कृष्ट, दिल्ली ३ विकेटले पराजित

कोरोना महामारीका कारण बीचमै रोकिएको आईपिएलको १४औं संस्करणका बाँकी खेल युएईमा जारी छ । भारतमा भएको ७ खेलमा २ जित मात्र निकालेको कोलकाता नाइट राइडर्सले युएईमा भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

भारतमा २ खेल मात्र जितेको कोलकता युएईमा लागतार ४ खेलमा ३ खेल जित्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। ११ खेलमा कोलकातालले १० अंक बनाएको छ। दिल्ली १६ अंकका साथ दोस्रो स्थानमा छ।

युएईमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९ विकेटले हराएको थियो भने मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै चेन्नाई सुपर किंग्ससँग २ विकेटले पराजित भएको थियो।

सारजाहमा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्यो । पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १२८ रनको लक्ष्य कोलकताले १८.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ३६ रन बनाउँदा सुभमन गिलले ३० र सुनिल नारेनले २१ रन बनाए । दिल्लीका आभेस खानले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदे १२७ रन बनायो । उसका लागि कप्तान ऋषव पन्त र स्टेभन स्थिमले समान ३९ रन बनाउँदा शिखर धवनले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

दिल्लीलाई सस्तैमा रोक्ने क्रममा वेन्कटेस ऐर, सुनिल नारेन र लोकेइ फर्गुसनले समान २ विकेट लिदए भने टिम साउदीले १ विकेट लिए ।

Facebook Comments Box